कांग्रेस स्याङजा जिल्ला सभापतिमा राजु थापाको उम्मेदवारी घोषणा - दर्पण संसार

कांग्रेस स्याङजा जिल्ला सभापतिमा राजु थापाको उम्मेदवारी घोषणा

स्याङ्जा । नेपाली कांग्रेसका युवा नेता राजु थापाले स्याङजा जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । आसन्न १४ औं महाधिवेशन अन्तर्गत शुक्रबारबाट शुरु भएको वडा अधिवेशनका क्रममा नेता थापाले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

थापाले आफ्नो वडा पुतलीबजार नगरपालिका वडा नं ४ को वडा अधिवेशनको कार्यक्रम मार्फत आफू नेपाली कांग्रेस स्याङ्जा जिल्ला सभापतिको लागि स्वतः उम्मेदवारी भएको उल्लेख गर्दै कांग्रेसको १४ औं महाधिवेशनको पूर्ण सफलताको शुभकामना व्यक्त गरे ।

उनले जिल्लाभित्रको कांग्रेसको संगठनलाई थप चुस्त बनाउन र पार्टीको संगठनलाई थप मजबुत बनाउन आफूले उम्मेदवारी दिएको बताए । जिल्लामा सभापति पदका लागि धेरै आकाँक्षी रहेपनि थापाले आधिकारिक रुपमा पहिलो पटक उम्मेदवारी घोषणा गरेका हुन् । पार्टीभित्र रहेका तिक्तता र सबैलाई एक बनाएर लैजान समेत आफ्नो उम्मेद्वारी महत्वपूर्ण रहने थापाको विश्वास छ ।

लामो समय जिल्लाको राजनीतिमा सक्रिय रहेका थापाले दोश्रो संविधान सभाको निर्वाचनमा स्याङजा जिल्ला क्षेत्र नं १ बाट संविधान सभा सदस्य पदमा निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेसभित्र मात्र नभई समत्र स्याङ्जावासी जनताकाबीच लोकप्रिय नेताका रुपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्