बामदेव गौतमले दिए एमालेबाट राजीनामा, ओलीको आलोचना - दर्पण संसार

बामदेव गौतमले दिए एमालेबाट राजीनामा, ओलीको आलोचना

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । गौतमले शुक्रबार एमाले केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजीनामा दिएका हुन् ।

गौतमले एमालेको सबै पदबाट राजीनामा दिएको पत्र स्वकीय सचिवमार्फत कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएका हुन् । नवौँ महाधिवेशनबाट निर्वाचित एमाले उपाध्यक्ष भए पनि गौतम पछिल्लो समय स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका छैनन्।

एमाले विभाजित भएपछि एकता अभियान चलाएका गौतम अन्ततः एकता असम्भव भएपछि एमालेमै रहने कि माधव नेपालको नेकपा एकीकृत समाजवादीमा जाने भन्नेमा अन्योलमा थिए । पछिल्लो समय एकीकृत समाजवादीतिर जान पनि बार्गेनिङ गरिरहेका गरिरहेका थिए । तर कुन हैसियतमा जाने भन्नेमा प्रष्ट थिएनन् ।
तर ओलीकै कारण एमालेमा बस्न नसक्ने निचोड निकाल्दै उनले शुक्रबार मात्रै समाजवादीमा जान शर्त पनि सार्वजनिक गरेका छन् ।

गौतमले राजीनामा पत्रमा एमाले अध्यक्ष केपी ओलीको कार्यशैलीको आलोचना गरेका छन् । राजीनामा पत्र बुझाउँदै गौतमले एमालेका नेताहरुसँग व्यक्तिगत सम्बन्ध रहे पनि राजनीतिक रुपमा एमालेमा अब रहन नसक्ने बताएका थिए । यता, समाजवादीमा गौतमले दुई अध्यक्ष हुनुपर्ने शर्तसहित तीन बुँदे लिखित प्रस्ताव राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्