पौडेल पक्षको पत्रकार सम्मेलनमा गगनको उपस्थितिले तरंग - दर्पण संसार

पौडेल पक्षको पत्रकार सम्मेलनमा गगनको उपस्थितिले तरंग

काठमाडौं । नेपाली कांग्रेस भित्रको रामचन्द्र पौडेल समूहले पार्टीको १४औं महाधिवेशनमा आफ्नो समूहबाट सहमतिबाट एउटै उम्मेदवार तोक्ने घोषणा गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन उक्त समूहले आगामी १४औं महाधिवेशनमा सहमतिमा नै उम्मेदवार तोक्ने घोषणा गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले भने,‘पार्टी बचाउन हामी एक भएर अगाडि बढ्छौं । हाम्रो एकता महाधिवेशनसम्मै अटुट रहन्छ ।’

पौडेलले महाधिवेशनमा आफ्नो समूहबाट सभापतिमा एउटै उम्मेदवार तोकिने बताए । महाधिवेशनमा हामी सभापतिमा एउटै उम्मेदवार सहमतिमा नै दिन्छौं, देशभरीका साथीहरुलाई म ढुक्क रहन आग्रह गर्दछु,’ पौडेलले भने । उनले ‘कसको नाममा सहमति हुन्छ त ?’ भन्ने पत्रकारहरुको जिज्ञासामा भने व्यक्तिका विषयमा पछि टुंगो लगाइने बताए ।

पत्रकार सम्मेलनमा महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरु डा.शेखर कोइराला, अर्जुननरसिंह केसी, नेतृ सुजाता कोइराला सहभागी थिए ।

सो क्रममा नेता केसीले आफ्नो समूहको अठोट र संकल्पसहित कार्यक्रमको उपस्थितिले पनि सहमतिमा नै उम्मेदवार तय हुने बताए ।कांग्रेसको सबै भन्दा तल्लो तहको अधिवेशनका रुपमा लिइएको वडा अधिवेशन भने भदौ १८ गते शुरु हुँदैछ ।

वडा अधिवेशन सुरु हुनु अघिल्लो दिन कांग्रेस भित्रको पौडेल समूहले देशभरका नेताकार्यकर्ताहरुलाई उत्साह जगाउन पत्रकारसम्मेलनमार्फत समूह भित्र एकता रहेको सन्देश दिएको हो । सम्मेलनमा महामन्त्रीमा उम्मेद्धवारी घोषणा गरेका युवा नेता गगन थापा पनि सहभागी भए । थापा यसअघि कृष्णप्रसाद पौडेल समूहमा थिए । आसन्न १४औं महाधिवेशनमा थापा पौडेल समूहबाट उठ्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्