कांग्रेसको इलाम सभापतिमा उम्मेदवारी घोषणा गरेका डम्बर खड्का भन्छन् : म सबै हिसाबले बलियो छु - दर्पण संसार

कांग्रेसको इलाम सभापतिमा उम्मेदवारी घोषणा गरेका डम्बर खड्का भन्छन् : म सबै हिसाबले बलियो छु

इलाम । इलाममा समाजसेवामार्फत लोकप्रिय बनेका नेपाली कांग्रेसका युवा नेता डम्बर खडका आसन्न १४औं महाधिवेशनमा बलियो सभापतिका रुपमा आफूलाई प्रस्तुत गर्ने भएका छन् । विभिन्न उपकारी काम गरेर आम काङ्ग्रेस साथै युवादेखि बृद्धबृद्धाका भरोसाकको पहिचान बनाएका खडका काङ्ग्रेसको १४औं महाधिवेशनबाट इलाम सभापतिको बागडोर सम्हाल्ने अभियानमा छन् ।

इलामेली जनताका लागि बिश्वाशिला, बोलेको पुर्याउने र स्पष्ट धारणा राख्ने सामाजिक भावनाका कुशल क्षमता प्रर्दशन गरिरहेका खड्काले सबैको साथ र सहयोगमा सभापतिमा विजयी बन्नेमा ढुक्क छन् । उनी भन्छन् ,‘काङ्ग्रेस भित्र एउटा इतिहास रच्नु छ । त्यो इतिहास क्षमता भएका, जनताले पत्याएका र काम गरेर देखाउनसक्ने व्यक्तिबाट शुरु गर्नुपर्छ । तर कसैको कोट समातेर र कसैको गुटको झोला बाकेर हैन कम्युनिस्टको दलदलमा फसेको काङ्ग्रेस उठाउन साथै बचाउन बौद्धिकताको हतियार उठाउन जरूरी छ । त्यसैले कम्युनिस्टको किल्ला भनेर परिचित इलामलाई काङ्ग्रेसको किल्ला बनाउन मेरो उम्मेदवारी हो ।’

‘गाँउ गाँउ सगठन गर्ने क्रममा युवादेखि बृद्धबृद्धा सम्मका काङ्ग्रेसीहरूको माग अनुसार मैंले उम्मेदवारी दिएको हु’ उनले भने । काङ्ग्रेसलाई टेस्टेट र फेलियरको हातबाट खुस्काएर इलाममा कांग्रेसलाई एक नम्बर शक्ति बनाएरै छाड्ने उनले प्रतिबद्धता जनाए ।

अहिलेसम्म कमाएको ५० प्रतिशत पार्टीको लागि खर्चि रहेको बताउँदै उनले सभापति बन्ने बितिक्कै पहिले जिल्लामा र प्रत्येक पालिकामा आफ्नै पार्टी भवन निर्माण गर्ने उनले बचन दिएका छन् । पार्टीलाइ प्रबिधिमैत्री बनाउन, चुनाबमा गुट नहेरी सक्षम र पपुलर मानिसहरूलाई सर्वसम्मत ढङ्गबाट टिकट बितरण गर्न, पार्टीका निष्ठावान र इमान्दार कार्यकर्तालाई बिशेष ठाउ दिन, जिल्लाभर पार्टी चलायमान बनाउन आफ्नो उम्मेदवारी रहने उनले बताए ।

पार्टीमा बिधि र पद्दति बसाउन र जिल्लाभर पहिलो पुस्तालाई सम्मान र उचित ठाउँ दिदै युवा पुस्तालाई काङ्ग्रेसप्रति जिम्मेवार बनाएर लैजाने योजना रहेको पनि उनले सुनाए । गुटहरूलाई निश्तेज गरी सभ्य र भब्य पार्टी निर्माण गर्ने अठोट रहेको बताए । मेरो नेतृत्वमा भएका राष्ट्रिय चुनावमा काङ्ग्रेसले अहिलेको जस्तै हार ब्यहोरे तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्ने पनि उनको योजना छ ।

कोभिड १९ को शुरूवाती समयदेखि निरन्तर जनताको घर दैलोमा स्वास्थ्य सामग्रीसहित गरिबका घरघरमा पुगी ब्यक्तिगत लगानीबाट करोडौ मुल्य बराबरको राहत बितरण गरेर हरेक इलामेलीको सेवा गर्ने मौका पाएकाले सभापति बनेपछि अझ शसक्त कार्यक्रमहरुसहित अघि बढ्ने घोषणा गरे । राष्ट्रिय सम्मानबाट सम्मानित समाज सेवकको परिचय बनाएका उनले इलाममा काङ्ग्रेसलाई एक नम्बर पार्टी बनाएर छाड्ने अठोट लिएको बताउँछन् ।

खडकालाई सभापतिमा हराउन बिपक्षी पार्टीहरू समेत लागिरहेकाले त्यस बारेमा आफू सचेत रहेको बताए । सभापतिमा विजयी भएको खण्डमा राष्ट्रिय राजनीतिमा पनि खड्काले स्थान जमाउने भएकाले धेरैले उनलाई हराउन लागेपनि अठोट र दृढताका साथ सबै प्रतिनिधिहरुको माया पाउनेमा विश्वस्त रहेको बताउँछन् । यसपटक इलाममा गुमेको सान फिर्ता ल्याएरै छाड्ने प्रतिबद्धतासहित सभापतिको प्रत्यासीका रुपमा खड्का दौडधुप गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्