कांग्रेस महाधिवेशनको माहोल तयार : सभापतिहरुले तोडे रिले अनसन - दर्पण संसार

कांग्रेस महाधिवेशनको माहोल तयार : सभापतिहरुले तोडे रिले अनसन

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले केन्द्रीय कार्यालय सानेपामा जारी रिले अनसन तोडेका छन् । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी अनसन शनिबार साँझ शीर्ष नेताहरुको रोहबरमा टुंङ्याएका हुन् ।

गत बुधबारदेखि महाधिवेशन केन्द्रीत विभिन्न मागहरु अनसन शुरु गरेको जिल्ला सभापतिहरुले केन्द्रीय नेताहरुबीच सहमति भएपछि अनसन तोडेका हुन् ।

क्रियाशील सदस्यताको विवाद टुंग्याएपछि नेताहरु कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक अनसनस्थल केन्द्रीय कार्यालय पुगेर शनिबार साँझ अनसनस्थल पुगेर अनसन तोडाएका हुन्।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले माग सम्बोधन गर्ने आश्वासन दिएपछि उनीहरूले अनसन तोड्न तयार भएका थिए । विधिसम्मत आएका क्रियाशील सदस्यहरुको नाम छुटेको भए पुनः नामावलीमा समावेश गर्ने प्रतिबद्धता जनाएपछि अनसन तोडेको बताईएको छ ।

क्रियाशील सदस्यताको सूची सार्वजनिक, जिल्ला सभापतिको उम्मेदवारबारे बनाइएको दोहोरो मापदण्ड खारेजीलगायत माग अगाडि सारेर कांग्रेस बरिष्ठ नेता पौडेल पक्षका जिल्ला सभापतिहरू रिले अनशनमा रहेका थिए । यसअघि पौडेलपक्षका नेता तथा जिल्ला सभापतिहरुको बिहान बसेको बैठकको निर्णयअनुसार अनसन तोड्ने सहमति बनेको थियो।

अनसन तोडिएपछि नुवाकोट जिल्ला कांग्रेसका सभापति जगदीश्वरनर सिंह केसीले हाम्रा माग पुरा भएको प्रतिक्रिया दिंदै अब महाधिवेशनमा केन्द्रीत हुने बताए ।

प्रतिक्रिया दिनुहोस्