कोरोना महामारीमा आफ्ना नागरिकको व्यवस्थापनमा सरकारले ढिलो गर्नु हुदैन - दर्पण संसार

कोरोना महामारीमा आफ्ना नागरिकको व्यवस्थापनमा सरकारले ढिलो गर्नु हुदैन

सबै बिधि पुरा गरि छिटो भन्दा छिटो यो प्रक्रिया थालनी गर्नु पर्दछ

 

 

 

- सुरेन्द्र श्रेष्ठ

लन्डन l विदेशमा अड्कियका नेपालीहरुलाई आफ्नो देश फर्काउने जिम्मेवारी सरकारको हो । सम्भावित रोग संक्रमणलाई ध्यानमा राखी अपनाउनु पर्ने सबै बिधि पुरा गरि छिटो भन्दा छिटो यो प्रक्रिया थालनी गर्नु पर्दछ। अहिले बेलायतमा २५ भन्दा बढी संख्यामा नेपाली डाक्टरहरु एउटा परिक्षामा सरिक हुन् आएको बुझिन्छ । अनिश्चित समयको लागि उक्त परिक्षा पनि स्थगित भएको छ ।

सबै जना नेपालमा काम गरिरहेकाहरु नै भएकोले अहिलेको विषम समयमा नेपालको लागि ति डाक्टरहरु झन् बढी आवाश्यक हुन जान्छ । ठूलो संख्यामा बिद्यार्थीहरु पनि रहेका छन । काम र पढाइ दुवै नभयको अबस्थामा यहीनै बसी रहनु पनि त्यति सहज हुदैन । आफन्तहरु भेट्न आएका ,घुम्न आएका ,सरकारी काममा आएकाहरु पनि होलान । यहा बस्दा आइ पर्ने अन्य स्वास्थ्य समस्यामा पनि सामान्य उपचार गर्न समेत नपाइने , परिवारसंग टाढिएर बस्न पर्ने समस्या त छदैछ अड्कलेर ल्याएको खर्च पनि सकिदै जानेछ । यी र यस्ता समस्याहरु बाट समयमानै बाहिर आउँन सकिएन भने भोलि ठूलो मानसिक क्षति समेत ब्यहोर्न पर्ने पनि हुन सक्दछ ।

हामी लामो समयदेखि यहा बसोबास गर्दै आएका हरु समेत सहज परिस्थिति भए नेपाल नै जान पाए बेश बन्ने अवस्थामा पुगी सकेको बेलामा छोटो समयको लागि आएका नेपालीहरु लामो समयसम्म यहा बसी रहन सक्ने हुदैन । यो समस्या त्यति छिट्टै समाधान हुन्छ जस्तो पनि लाग्दैन । तसर्थ यो विषयलाई छिटो भन्दा छिटो सम्बोधन गर्न पर्दछ ।
नेपालमा रहेका दिदेशी हरुलाई क्रमश सबै सरकारके फिर्ता लाने प्रक्रिया शुरु भै सकेको छ। आजै मात्र पनि जर्मनी र फ्रान्सका ३०५ नागरिकहरु बिशेष यानबाट नेपाल छाडेका छन। बेलायत सरकारले पनि छिट्टै त्यसो गर्न आफ्ना नागरिकहरुको लागत संकलन गर्दै गरेको बुझिन्छ । यहि अबसरमा हामीले पनि सरकारी स्तरबाट बेलायत सरकारसंग सहकार्य गरि बेलायतमा रहेका नेपालीहरुलाई पनि सकिन्छ भने त्यहि जहाजमा लान सकियो भने आर्थिक बोझ पनि कम हुन् जाने थियो ।

बेलायत अब युरोपियन युनियन अन्तर्गत नभएको कारण नेपालको जहाज सिधै बेलायत ल्याउन सक्ने सम्भाबना पनि छ । सम्बन्धित निकायमा कुटनीतिक सम्पर्क गरेर नेपाली ध्वजा बाहक जहाज ल्याउन सकियो भने पछि सहज बाताबरण भएपछि नियमित उडान गर्न पनि सजिलो हुने थियो ।अझ यसलाई प्रभावकारी बनाउन बेलायत सरकारलाई पनि सजिलो हुने गरि नेपालमा भएका बेलायतीहरु बोकेर आउने र यहाबाट आफ्नो नागरिकहरु लिएर जान सकियो भने सुन माथि सुगन्ध नै हुनेथियो ।

यी माथिका दुवै उपायहरु भएन भने पनि नेपालमा नियमित चल्ने गरेको कुनै कम्पनीलाई बिशेष उडानको लागि प्रयोग गर्न सकिने छ । यो अवस्थामा आइपर्ने आर्थिक भारलाई सम्बन्धित पक्षले पनि ब्यहोर्न तयार हुनुपर्नेछ । सरकार विभिन्न संस्थाहरु र सम्बन्धित पक्षले खर्च व्यहोर्ने हो भने जहाज चार्टर गर्न पनि त्यति असम्भव हुने छैन । १४८ यात्रु बोक्न सक्ने जहाजले प्रति व्यक्ति १७ सय पाउण्ड लिने प्रारम्भिक जानकारी प्राप्त भयको छ । अनिश्चित समयसम्म अनिर्णयको बन्दि भएर मानसिक हानी ब्यहोर्नको बदला यो आर्थिक भार बोक्नु बढी बुद्धिमानी हुनेछ ।

यी मध्ये कुनै पनि विकल्प प्रयोग गर्न सर्वप्रथम नेपाल सरकारको स्वीकृति प्राप्त गर्न जरुरि छ । अहिले नेपालमा देखा परेका दुइ बिरामी बाहिर बाट नै गएको पुष्टि भयको हुदा अतिनै जिम्मेदारी पूर्वक परिक्षण गरेर मात्रै जान सकिने र नेपाल पुगी सके पछी पनि आवाश्यक कडाइकासाथ जांच पड्ताल गर्ने वा आइशोलेशनमा नै बस्न पर्ने निर्णय गर्न पनि हिच किच्याउनु हुदैन । तर सम्भब भएसम्मका आफ्ना नागरिकहरु जो कम समयको लागि अन्य देशमा पुगेर फर्किन सकी रहेका छैनन उनीहरुको हकमा सरकारले उचित कदम चाल्नु अति आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्