अफगानिस्तानबाट ५०४ जना नेपालीको उद्दार, सबैलाई पोलियो खोप - दर्पण संसार

अफगानिस्तानबाट ५०४ जना नेपालीको उद्दार, सबैलाई पोलियो खोप

काठमाडौं । अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका नेपाल फिर्ता भइरहेका नेपालीहरुलाई सरकारले पोलियो खोप लगाउने घोषणा गरेको छ ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले अफगानिस्तानबाट उद्दार गरी ल्याइएका सबैलाई पोलियो खोप दिने सरकारबाट निर्णय भइरहेको जानकारी दिए ।

अफगानिस्तानमा फैलिएको पोलियो संक्रमणलाई दृष्टिगत गरी निर्णय गरिएकाले नजिकको खोप केन्द्रबाट पोलियो खोप लिन राज्यमन्त्री श्रेष्ठले आग्रह गरेका छन् ।

अफगानिस्तानबाट हालसम्म ५०४ जना नेपाली स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार आइतबार साँझसम्म थप ३५६ जना नेपालीले उद्धार तथा स्वदेश फिर्ती प्रक्रियाका लागि कन्सुलर विभागको बेव पोर्टलमा आफ्नो विवरण दर्ता गराएका छन् ।

उद्धारका लागि सूचीकृत भएकामध्ये नाम र राहदानी नम्बर दोहोरिएको, एकै जनाको धेरै ठाउँबाट विवरण भरिएको र उद्धार भई सुरक्षित स्थानमा पुगेकाको विवरण रुजु गरी उद्धार हुन बाँकीको विवरण अद्यावधिक गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्