युरोप सहसंयोजकमा सागर लामाको उम्मेदवारी घोषणा - दर्पण संसार

युरोप सहसंयोजकमा सागर लामाको उम्मेदवारी घोषणा

आयरल्याण्ड । युरोपमा रहेर ब्यबसायसंगै समाजसेवामा सक्रिय सागर लामाले गैर आवासीय नेपाली संघ(एनआरएनए) युरोपको सहसंयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन।

भुम्लु गाउँपालिका काभ्रेका सागर बेलायत हुँदै हाल आयरल्याण्डमा ह्याण्डिक्राफ्टको ब्यबसाय गर्छन। उनी युरोपका स्थापित ब्यबसायी हुन्। कर्म थलोको रुपमा युरोप रोजेर बिदेशी भूमिमा कर्म गरिरहे पनि उनले जन्मथलो नेपालमा भने समाजसेवा गर्दै आइरहेका छन् ।

नेपालमा पर्ने हरेक विपत्तिमा सागरले सकेको सहयोग गरिरहेका हुन्छन। भू–कम्प होस या बाढी आउँदा अथवा तराइमा सीत लहर पर्दा हरेक ठाउँमा उनी युरोपबाट सकेको सहयोग गर्छन।

लामो समय युरोप बसेर कर्मसंगै धर्मको कार्यमा पनि संलग्न भएर राम्रो छवि बनाउन सफल लामाले आफु गैर आवासीय नेपाली संघमै बसेर काम गर्न इच्छुक रहेकोले आफ्नो उम्मेदवारी दर्ता गराएको बताएका छन।

सागरको छविसंगै उनको भावना नेपाल र नेपालीप्रति आतिनै सद्भाव राख्ने सहयोगी मनकारी भएकाले पनि एनआरएनएको नेतृत्वमा आउनु पर्ने जानकारहरु बताउँछन।

प्रतिक्रिया दिनुहोस्