सरकारले स्पष्टीकरण सोधेपछि नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक दिए राजीनामा - दर्पण संसार

सरकारले स्पष्टीकरण सोधेपछि नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक दिए राजीनामा

काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिएका छन् । उनले बुधबार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेख्दै आफूले महाप्रवन्धक पदबाट राजीनामा दिएको भनेका हुन् ।

उनलाई अघिल्लो केपी ओली नेतृत्वको सरकारले १३ महिनाअघि नेपाल रेल्वे कम्पनीको महानिर्देशक बनाएको थियो । यस्तै वर्तमान सरकारले उनलाई १९ साउनमा स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरण सोधिएपछि उनले आफूलाई नियोजित रुपमा पदीय जिम्मेवारीभन्दा बाहिरका असान्दर्भिक विषयमा सत्ता गठवन्धन आबद्ध दलका नेताहरुको दबाबमा स्पष्टीकरण सोधिएको भन्दै जवाफ नदिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्