यि हुन नारायण कँडेल , गाउँलेको फेसबुकमा यस्तो देखियो - दर्पण संसार

यि हुन नारायण कँडेल , गाउँलेको फेसबुकमा यस्तो देखियो

 

एनआरएनए युकेको चुनाबमा नर्दन आयरल्याण्डबाट उपाध्यक्षमा उम्मेदवार छन् ।

लण्डन-वरपर सीमित रहेको एनआरएनए पक्कै पनि कुनै दिन वेल्सदेखि स्कटल्याण्डसम्म पुग्थ्यो नै तर यी मान्छे हदैसम्म नलडेको भए क्षेत्रीय कमिटी त बन्थे तर तीन वटै क्षेत्रले उपाध्यक्ष सहित केन्द्रमा ससम्मान प्रतिनिधित्व गर्न पाउने थिएनन् । 

मलगायतको तत्कालीन कार्यसमिति थोरै जनसङ्ख्या भएका तीन वटा राज्य समितिलाई उपाध्यक्ष दिन सकिन्न भन्नेमा थियो, वार्ताको अर्को पक्षमा थिए यिनै नारायण कँडेल ! यिनको अकाट्य तर्क शैली र अद्भुत अडानका अगाडि हाम्रो केही लागेन । आज एनआरएनए युके हरेक कुनासम्म पुग्नुमा यिनको अग्लो योगदान छ ।

एनआरएनए युकेमा आर्थिक अपचलनको मुद्दा धेरै अगाडिदेखि उठ्दै आएको छ । विभिन्न पत्रपत्रिकाले र एनआरएनए युके स्वयंले बनाएका छानबिन समितिले समेत अपारदर्शी रूपमा आर्थिक कारोबार भएको निष्कर्ष निकालेका छन् । तर यस्ता मुद्दा एक-आपसमा खासखुस गरेर साम्य बनाउने गरिएको छ । तर यिनले यस्तो मुद्दा छिनफान हुनुपर्छ र संस्थाको शाख निर्विवाद र स्वच्छ हुनुपर्छ भनेर हदैसम्म लड़े । संस्थाका प्रायः सबै उपाध्यक्षले यो विषयमा लडेको देखियो । भ्रष्टाचारको आरोप यिनले लगाएका थिएनन् । समाज र मिडियाले लगाएको आरोप थियो त्यो । यिनले आरोप लागिसकेपछि आफ्नै संस्था भए पनि निष्पक्ष छानबिन हुनुपर्छ भन्ने अडान लिएका थिए । तर अमुक अमुक राजनैतिक दल या ग्रुपको आड़मा ती मुद्दाहरू दबाउने प्रयास भएपछि यो इश्यु बेलायतको अदालतसम्म पुग्यो ।

 

अहिले तिनै अमुक अमुकहरूले यो व्यक्ति त सधैँको झगड़िया हो, विद्रोही हो । यस्तालाई हराइदिनुपर्छ भनेर उल्टो खेदो खनेको पो देखियो । जसले एनआरएनए युकेको सम्मानपूर्ण विकेन्द्रीकरण र आर्थिक अनुशासनको पक्षमा सकेसम्म लड्यो, त्यसलाई झगड़िया भनेर हराउने हो भने कस्तो एनआरएनए बनाउने ? 

 

तोकिएको मिति अनुसार चुनाब हिजो सम्पन्न भइसक्नुपर्ने थियो । मैले बड़ो संयमपूर्वक हिजोसम्म कसैका लागि फेसबुकमा भोट मागेको थिइनँ । सबै इष्टमित्र र केही गर्छु भन्नेहरू भएकाले शुभकामना दिएको थिएँ । चुनाब भोलिका लागि सर्यो । अलि छुचै भएर देखेको कुरो लेखियो । 

 

मलाई व्यक्तिसँग ठूलो चासो र सरोकार होइन । तर संस्थाको शुद्धीकरणको मुद्दा सेलाउनु हुँदैन भन्ने लाग्छ । मुद्दा उठाएर संस्था बद्नाम हुँदैन, मुद्दा भित्रभित्रै दबाएर हो बद्नाम हुने ।

 

नारायणजी लगायत संस्थाको रूपान्तरणको पक्षमा बोल्ने सबैलाई शुभकामना ।

 

(नारायण गाँउलेको फेशबुकबाट जस्ताको त्यस्तै । गाउँले वरिष्ठ पत्रकार तथा एनआएनए अभियन्ता पनि हुन )

"

प्रतिक्रिया दिनुहोस्