यूकेमा कोरोना भाइरसबाट दुई नेपालीको मृत्यु - दर्पण संसार

यूकेमा कोरोना भाइरसबाट दुई नेपालीको मृत्यु

दुई नेपाली अस्पतालमा भर्ना , एक अस्पतालबाट डिस्चार्ज

 

 

यूकेमा फेरि अर्का एक नेपालीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। गत सोमबार बिहान निधन भएका साउथ इष्ट लण्डनका चालिस वर्षीय प्रशान्त अर्याललाई कोरोना संक्रमण भएको पुष्टी भएको हो ।

गतसाता लण्डनकै ह्यारोका ६५ वर्षीय भूपू गोर्खा लिलाबहादुर राईको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो । लामो समयदेखि लन्डन बस्दै आएका मृतक द्वय दुवैलाई स्वास्थमा सामान्य समस्या थियो ।

एकजना नेपाली रेष्टुरेण्ट व्यवसायी र एक महिला लण्डनकै अस्पतालमा उपचारार्थ छन भने अर्की नेपाली महिला भगवती रानाभाट कोरोनाको सफल उपचार पछि घर फर्किसकेकी छिन ।

प्रतिक्रिया दिनुहोस्