दयानिधि सापकोटा एनआरएनए यूकेको निर्वाचन आयोगमा मनोनयन - दर्पण संसार

दयानिधि सापकोटा एनआरएनए यूकेको निर्वाचन आयोगमा मनोनयन

लन्डन । गैर आवासीय नेपाली संघ युकेको निर्वाचन आयोगमा संघकै आइसीसी सदस्य दयानिधि सापकोटालाई मनोनयन गरिएको छ। लेस्टर निवासी सापकोटा बेलायत स्थित नेपाली समाजका एक सक्रिय तथा सुपरिचित व्यक्तित्व हुन्।

जीएनएनसंग कुरा गर्दै सापकोटाले एनआरएनए यूकेको निर्वाचन स्वतन्त्र, निष्पक्ष र तोकिएकै समयमा सम्पन्न गर्न आफुले काम गर्ने जनाए।
संघको नयाँ कार्य समिति चुन्न ३१ जुलाई २०२१ मा निर्वाचन हुँदै छ।

निर्वाचन आयोग सन्तुलित भएन भन्ने चर्को दबाब परेपछि समितिको सदस्यमा सापकोटालाई सर्वसम्मतिबाट थप गरिएको हो।

महेन्द्र कंडेल संयोजक रहेको आयोगका अन्य सदस्यहरुमा सोलिसिटर राजु थापा, सुबासिं गुरुङ, पशुपति पोख्रेल तथा सदस्य सचिवमा कर्ण शाही रहेका छन्।

निर्वाचन आयोगले पहिले १५ जुलाई देखि उम्मेदवारी दर्ता गर्ने कार्य तालिका प्रकाशित गरे पनि सदस्यहरुको छानबिनको काम नसकिएको भन्दै निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गरिदिएको थियो।

संशोधित कार्यतालिका अनुसार अब उम्मेदवारी दर्ता १९ जुलाई बिहान १ बजे देखि राति ८ बजे सम्म र अन्तिम उम्मेदवारी नाम प्रकाशन २२ जुलाईमा राखिएको छ।

"

प्रतिक्रिया दिनुहोस्