सांसदहरूको नाममा झण्डै ६ करोड बढी रकम निकासा हुँदै - दर्पण संसार

सांसदहरूको नाममा झण्डै ६ करोड बढी रकम निकासा हुँदै

काठमाडौं । सांसदहरूको नाममा झण्डै ६ करोड बढी रकम आज–भोलिमै निकासा हुँदैछ । जेठ ८ को मध्यराति प्रतिनिधिसभा विघटनसँगै २७१ सांसदको पद गुमेको थियो ।

दोस्रो पटक विघटित प्रतिनिधिसभा ब्युँतिएसँगै सांसद र पिएले २ महिनादेखि रोकिएको तलब एकमुष्ट पाउने भएका छन् । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सदस्य र तिनका पिएलाई जेठ र असारको तलब एकमुष्ट पठाउने अन्तिम तयारी गर्दै छ ।

यो हिसाबले सांसदहरूका लागि औसतमा झण्डै २ करोड तलबबापत मात्रै खर्च हुन्छ । यस्तै, उनीहरूका पिएको लागि झण्डै १ करोड ५ लाख हाराहारी रकम निकासा हुने संसद् सचिवालयले जनाएको छ ।

सांसदका पिएले अधिकृत स्केलको तलब सुविधा पाउँदै आएका छन् । यसरी सांसद तथा पिएका नाममा जेठ र असारको मासिक ३ करोडका दरले दुई महिनाको एकमुष्ट ६ करोड रकम खातामा हालिदिने तयारी छ । पर्सिबाट यो आर्थिक वर्ष समाप्त हुने हुँदा जेठ र असारमा कामै नगरे पनि सांसद तथा पिएले दुई महिनाको तलब एकमुष्ट बुझ्नेछन् ।जनआस्थाबाट

 

प्रतिक्रिया दिनुहोस्