इतिहास रच्दै इंग्ल्याण्ड पहिलो पटक युरोकपको फाइनलमा - दर्पण संसार

इतिहास रच्दै इंग्ल्याण्ड पहिलो पटक युरोकपको फाइनलमा

लण्डन — बिहीबार बेलायतको वेम्ब्ली स्टेडियममा सम्पन्न यूरो कप २०२० को सेमिफाइनल खेलमा डेनमार्कलाई २-१ गोलले पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा पुगेको छ ।

खेलको ३० मिनेटमा गोल गर्दै डेनमार्कले खेलमा अग्रता लिएको थियो ।

बुकायो साकाको क्रस रोक्ने क्रममा डेनमार्कका साइमन केजारले आफ्नै पोस्टमा बल छिराउन पुगेपछि इंग्ल्यान्डले बराबरी गरेको थियो। निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।

थप समयमा भएको खेलको १०४ मिनेटमा ह्यारी केनले पेनाल्टी प्रहार गरेका थिए। उनको प्रहारलाई डेनमार्कका गोलकिपर कास्परले रोकेका थिए। रोकेर फर्किएको गोललाई केनले पुनः प्रहार गरि गोलमा परिणत गरेर २-१ गोलले इंग्ल्यान्डलाई अघि बढाएका थिए। डेनमार्कका जोकिम मुहले स्टर्लिङलाई फल गरेपछि रेफ्रीले पेनाल्टी दिने निर्णय गरेका थिए ।

इंग्ल्यान्ड युरो कपमा पहिलो पटक फाइनलमा पुगेको हो। यस्तै इंग्ल्यान्डले ५५ वर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा स्थानमा पुगेको हो। उपाधिका लागि इंग्ल्यान्डले आइतबार राति इटालीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्