वेलायती युवराज चाल्सलाई कोरोना COVID-19 - दर्पण संसार

वेलायती युवराज चाल्सलाई कोरोना COVID-19


७१ वर्षिय बेलायतका युवराज चाल्सलाई कोरोना भएको छ । क्लारेन्स हाउसले उनको रगत परिक्षणमा COVID-19 देखा परेको पुष्टि गरेको हो । उनीले हात मिलाउन छोडेर नमस्कार गरेका दृष्य बाहिरिय संगै चर्चामा आएका थिए ।


आइतबार उनको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार रगत परिक्षणका लागि पठाइएको थियो । मंगलबार साझ मात्रै प्रिन्स अफ वेल्स चाल्सलाई कोरोना भएको पुष्टी भएको हो ।


उनकी पत्नी डचेच अफ कर्नवाललाई भने कोरोना नभएको युवराजको कार्यलयले भनेको छ । युवराज चाल्सलाई यो भन्दा पहिला खासै स्वास्थमा समस्या थिएन । उनी अहिले आइसोलेसनमा रहेर स्वास्थ्य लाभ गरिरहेको युवराज कार्यलयले सर्वसाधारणमा जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्