सर्वोच्चको आदेश : नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्नु - दर्पण संसार

सर्वोच्चको आदेश : नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्नु

काठमाडौं । सर्वोच्च अदालतले नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न नगराउन सरकारलाई आदेश दिएको छ ।

विहीबार अदालतले नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा जेठ ९ मा राष्ट्रपतिबाट जारी गरिएको नेपाल नागरिकता अध्यादेश प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नलागेसम्म कार्यान्वयन नगर्नु नगराउन यथास्थितिमा राख्नु भनि अन्तरिम आदेश जारी गरेको हो

वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्की, बालकृष्ण न्यौपाने, चन्द्रकान्त ज्ञवाली लगायतले दिएको रिटमाथि सुनुवाई गर्दै संवैधानिक इजलासले उक्त आदेश गरेको हो ।

नागरिकता दिने सम्बन्धमा नीतिगत व्यवस्था गर्ने विषय महत्वपूर्ण र संवेदनशील कुरा हो । वास्तविक नेपाली नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र पाउनु नै पर्दछ भने गैर नेपालीलाई कानूनबमोजिम प्रक्रिया पुरा गरेर अंगिकृत वा मानार्थ नागरिकता दिने जस्ता कुरामा बाहेक नेपाली नागरिकताको प्रमाणपत्र दिन सकिदैंन । गैर नेपाली व्यक्तिलाई नेपाली नागरिकताको प्रमाणपत्र दिन मिल्दैन’ आदेशमा भनिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, न्यायाधीश दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले नागरिकतासम्बन्धी अध्यादेश प्रतिनिधिसभा विघटनको भोलीपल्ट जारी हुनुलाई संवैधानिक इजलासले असहज भनेको छ ।

प्रतिक्रिया दिनुहोस्