भगवतीले जितिन कोरोनालाई , अर्की नेपाली महिलामा फेरी अस्पताल भर्ना - दर्पण संसार

भगवतीले जितिन कोरोनालाई , अर्की नेपाली महिलामा फेरी अस्पताल भर्ना

 

 

लण्डन , क्याट यूकेकी पूर्व उपाध्यक्ष तथा सामाजिक अभियन्ता भगवती रानाभाट पूर्ण स्वास्थ लाभ गरी घर फर्केकी छिन । दुई हप्ता अघि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

COVID-19 कोरोना पोजेटिभ देखिएपछि उनलाई लण्डनको एक अस्पतालमा उपचारार्थ राखिएको थियो । करिव ३ हप्ताको अस्पताल बसाईपछि उनले कोरोना ( COVID-19) लाई जितेकी हुन ।

एनआरएनए यूकेको महिला विभागले मनाएको महिला दिवश नै उनको सार्वजनिक उपस्थिति थियो । कार्यक्रम सकिएको भोलिपल्टबाट उनमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

नेपाली समुदायमा पनि यसको असर देखापर्न थालेको छ । भगवतीले कोरोनालाई जितेको खुशी हुन नपाउँदै फेरि अर्की नेपाली महिलामा COVID-19 देखा परेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्