प्रतिनिधि सभा विघटनको सिफारिस, आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन - दर्पण संसार

प्रतिनिधि सभा विघटनको सिफारिस, आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन

काठमाडौं । सरकारले प्रतिनिधिसभा बिघटनको सिफारिश गर्दै मध्यावधि चुनावका लागि सिफारिश गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिमको प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुबैको दाबी नपुगेकाले नियुक्ति गर्न नमिल्ने ठहर गरे लगत्तै बसेको मन्त्रिपरिषल् बैठकले राष्ट्रपति समक्ष प्रतिनिधि सभा बिघटनको सिफारिस सहित मध्यावधि निर्वाचनको मिति सिफारिस गरेको हो ।

प्रतिनिधिसभाको निर्वाचनका लागि कात्तिक २६ र मंसिर ३ गतेको मिति तय गरेर राष्ट्रपति समक्ष सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्