नेपाली जनसम्पर्क समिति क्यानडामा नयाँ कार्यसमिति गठन - दर्पण संसार

नेपाली जनसम्पर्क समिति क्यानडामा नयाँ कार्यसमिति गठन

मिति २०२१ मे १५ तारिख (२०७८ साल जेष्ठ २ गते) शनिवार नेपाली जनसम्पर्क समिति क्यानडा(NPRC)काे सम्पन्न तेस्राे भर्चुअल अधिवेशनले श्री उदय दुराको सभापतित्वमा २३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

अधिवेशनले उपसभापतिमा प्रजापति सापकोटा र रवि पाण्डे महामन्त्रीमा मनोहर पाठक , कोषाध्यक्षमा मन्जु गुरुङ्ग र प्रवक्तामा सन्तोष ढकाललाई सर्वसम्वत चयन गरेको छ ।

नेपाली जनसम्पर्क समिति क्यानडा(NPRC) का निवर्तमान सभापति रामबाबु थापाको सभापतित्वमा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि नेपालि काङ्ग्रेस क्यानडाका वरिष्ठ नेता एवं यस संस्थाका सल्लाहकार प्रकाश ज्ञवाली रहनु भएको थियो भने बिशेष अतिथिमा प्रजातान्त्रिक विचार समाज नेपालका सचिव बासुदेव भण्डारी हुनुहुन्थ्यो ।

निवर्तमान महामन्त्री लिलाधर न्यौपानेले सन्चालन गर्नु भएको कार्यक्रममा महेश लेखकले स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियो

 

"

प्रतिक्रिया दिनुहोस्