रगुन र मेलिनाको ‘आफ्नोपन’ जापानमा छायाकंन, नवीनराज र सविताको शानदार अभिनय - दर्पण संसार

रगुन र मेलिनाको ‘आफ्नोपन’ जापानमा छायाकंन, नवीनराज र सविताको शानदार अभिनय

काठमाडौं । काठमाडौं बाहिर इलामको फिक्कलमा बसेर संगीत साधना गरिरहेका रगुन गुरुङको नयाँ गीत बजारमा आएको छ । नयाँ गीत ‘आफ्नोपन’ रगुनलाई मेलिना राईले स्वरमा साथ दिएकी छन् ।

विपिन किरणको शब्द रहेको गीतको भिडियो जापानको रमणीय स्थलहरुमा छायाकंन गरिएकोछ । नारायण सुवेदीको कम्पोज र फणिन्द्र राईको एरेन्जमा तयार भएको गीतको भिडियोमा नवीनराज शिवभक्ति र सविता अधिकारीले मुख्य अभिनय गरेका छन् ।

नवीनराज शिवभक्तिले निर्देशन गरेको गीतको भिडियोलाई रोशन कार्कीले सिनेम्याटोग्राफी गरेका छन् । भिडियोलाई प्रेम बलामपाकीले एडिट गरेका हुन् । गीत ए वान स्टुडियोले बजारमा ल्याएको हो ।

झुल्के घामको न्यायो सलाम भन्छ मेरो इलाम’ गीत गाएर धेरै चर्चा बटुलेका रगुनले ‘झुकाइ आँखा प्रीतिको, भाका बोल्यौ र थोरै लजायौ’ शीर्ष गीतलाई पनि भिडियोको रुप दिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्