उपत्यकामा जारी निषेधाज्ञा २९ गते सम्म थपियो, अनावश्यक रूपमा हिँडडुल गर्नेलाई पनि कारबाही - दर्पण संसार

उपत्यकामा जारी निषेधाज्ञा २९ गते सम्म थपियो, अनावश्यक रूपमा हिँडडुल गर्नेलाई पनि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइ गर्दै थप एक साता लम्ब्याइने भएको छ ।

मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकपछि आगामी वैशाख २९ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय भएको हो । यसअघि काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञाको समय भोलि राति १२ बजेसम्मका लागि तोकिएको थियो।

त्यसको पूर्वसन्ध्यामा बैठक बसेर निषेधाज्ञाको समय लम्ब्याउने निर्णय गरिएको हो । अबको निधेषाज्ञामा बजार पसल बिहान ७ बजेदेखि ९ सम्म मात्र खोल्न पाइने भएको छ।

निषेधाज्ञामा बैंक तथा वित्तिय संस्थाहरूलाई आलोपालो गरि न्यूनतम् संख्यामा कर्मचारी राखेर चलाउने, पत्रकारहरूलाई पनि कडाइ गर्ने र उपभोग्य सामग्रीको पर्याप्तता, औषधी उपचारको व्यवस्थापनमा प्रशासनले सहजता प्रदान गर्ने बताइएको छ।

अब देखि अनावश्यक रूपमा हिँडडुल गर्नेहरूलाई कारबाही गर्ने समेत तयारी जिल्ला प्रशासन कार्यालयको तयारी छ।

"

"

प्रतिक्रिया दिनुहोस्