लुम्बिनी प्रदेशको मुख्यमन्त्री पुन : शंकर पोखरेललाई बनाउने एमाले संसदीय दलको निर्णय - दर्पण संसार

लुम्बिनी प्रदेशको मुख्यमन्त्री पुन : शंकर पोखरेललाई बनाउने एमाले संसदीय दलको निर्णय

काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्री पुनः शंकर पोखरेललाई नै बनाउने निर्णय गरेको छ । आज बसेको नेकपा एमाले संसदीय दलको बैठकले पोखरेललाई नै पुनः मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।

प्रदेश सरकार गठनका लागि एमाले संसदीय दलको आज बुटवलमा बसेको बैठकले मुख्यमन्त्रीमा पार्टी स्थायी कमिटीका सदस्य पोखरेललाई अघि सार्ने निर्णय भएको हो । उनले एमालेको एकल बहुमतको सरकार गठनका लागि दाबी पेश गरिने जानकारी दिँदै संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार गठन हुने बताईएको छ ।

लुम्बिनी प्रदेशमा ८७ सदस्य रहेको प्रदेशसभामा हाल ८१ सांसद छन् । जसमा नेकपा एमालेसँग ४१ सांसद छन् । कांग्रेसका १९, माओवादी केन्द्रका १७, कारबाहीपछि जसपाका २ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन्। सबैभन्दा ठूलो दलको नेता भएका हैसियतले पोखरेल नै मुख्यमन्त्री बन्ने संवैधानिक व्यवस्था छ । नेकपा एमालेको यो निर्णयसँगै लुम्बिनी प्रदेशमा आजै शंकर पोखरेल मुख्यमन्त्री नियुक्त हुनेछन् र आजै पद तथा गोपनियताको सपथ ग्रहण गर्नेछन् ।

मुख्यमन्त्री पोखरेलले आजै राजीनामा दिएका थिए । लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष बुझाएको राजीनामा आजै स्वीकृत भएको थियो । आजै प्रदेशसभाको विशेष अधिवशेनमा पोखरेलविरूद्ध अविश्वासको प्रस्ताव टेबल हुने तयारी हुँदा उनले राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभा गत वैशाख ६ गते सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव आजकै बैठकमा पेश गर्ने शनिबारको कार्यव्यवस्था परामर्श समिति बैठकले निर्णय गरेको थियो ।

"

प्रतिक्रिया दिनुहोस्