काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामा बुझाएका हुन् ।
नयाँ सरकार गठन गर्न बाटो खुला गर्नका लागि राजीनामा दिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
मुख्यमन्त्री पोखरेलविरुद्ध यही वैशाख ६ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले पेश गरेको अविश्वास प्रस्तावमा प्रदेश सभामा आजबाट छलफल सुरू हुँदै थियो। तर, त्यसअघि नै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्