टिकटकमा भाइरल बन्यो ‘फुर्के धागो’, मोडल डिसीको चर्चा चुलियो (भिडियो) - दर्पण संसार

टिकटकमा भाइरल बन्यो ‘फुर्के धागो’, मोडल डिसीको चर्चा चुलियो (भिडियो)

काठमाडौँ । पछिल्लो समय ‘तिमिलाई देख्दा मात्र’ बोलको गीतबाट चर्चामा रहेका मोडल नयन डिसीलाई पुनः एकपटक ‘फुर्के धागो’ ले चर्चाको शिखरमा पुर्‍याएको छ ।

मोडल डिसीले अभिनय गरेको ‘फुर्के धागो’ यतिबेला टिकटकमा भाइरल बनेको छ । अहिले यो गीतमा हजारौं टिकटक प्रयोगकर्ताहले अभिनय गरेर अपलोड गरिरहेका छन् ।करिब ३ बर्ष अगााडीको तीज गीतमा अहिले पुन टिकटकमा भाइरल हुँदा यस गीतको निर्माण पक्ष निकै खुसी देखिन्छ ।

तीजको बेलामा केहि समय मात्र लोकप्रियता कमाएको यो गीतका केहि टुक्का अहिले सबैको मुखमा झुण्डिएको छ । पछिल्लो समयमा पुराना–पुराना गीतहरु टिकटक मार्फत भाइरल बन्ने क्रम बढ्दो छ । गीतको ‘फुर्के धागो लगाएर कपाल बाटौला, तिमि गाउनु गजल प्यारा छमछम नाचौंला’, फुर्के धागो किनिदिन्छु कपाल बाटौली, मै गाउँला गजल प्यारी तिमि नाचौली‘ बोलको टुक्का टिकटकमा एकदमै चर्चाको शिखरमा रहेको छ ।

प्रभा वर्तौलाको शब्द रहेको गीतमा थानेश्वर गौतम र जुनु रिजाल काफ्लेको स्वर रहेको छ भने गौतम स्वयंमले संगीत भरेका छन्। गीतमा मोडलडिसी सँग बिनिताको दमदार अभिनय रहेको छ ।

मोडल डिसीका ‘कुन गीत गाउँ’, ‘भाईरल भयो रे’, ‘तिम्रो रुपैले’, ‘चुईकम चपाउँदै’, ‘गजल गाइन्छ’ लगाएतका दर्जनौ गीतमा लोभलाग्दो अभिनय गरिसकेका छन् । उनी पछिल्लो समय यहि ‘फुर्के धागो’ बोलको गीतबाट समेत पुन चर्चामा आएका छन् ।

प्रतिक्रिया दिनुहोस्