मन्त्रिपरिषद्को बैठक आज ४ बजे बस्ने - दर्पण संसार

मन्त्रिपरिषद्को बैठक आज ४ बजे बस्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

कोरोना भाइरसको महामारी फैलदै जाँदा सीसीएमसीले सिफारिस गरेको थप प्रतिबन्धबारे आवश्यक छलफल गर्न प्रधानमन्त्री ओलीले अपराह्न ४ बजे बालुवाटारमा बैठक बोलाएका हुन् ।

बैठकले कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत गर्न सरकारले थप निर्णय गर्ने तयारी गरेको छ ।

सीसीएमसीको शुक्रबारको बैठकले आन्तरिक र बाह्य उडान बन्द गर्नदेखि भारतसँगको सीमा नाका बन्द गर्नसम्मको सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्