एनआरएनए युकेको महासचिवमा रानाभाटको जित पक्का - दर्पण संसार

एनआरएनए युकेको महासचिवमा रानाभाटको जित पक्का

किन दिने जित रानाभाटलाई भोट ?

लन्डन । एनआरएनए युकेको आगामी निर्वाचनमा जित रानाभाट महासचिवको पदमा उम्मेद्वार हुने भएका छन ।

वर्तमान कार्यसमितिमा सचिव रहेका रानाभाटले आगामी कार्यकालमा थप जिम्मेवारी लिन अग्रज वुद्धिजिवीहरुले सुझाएनुरुप उनी महासचिवको उम्मेद्वारमा आकांक्षी देखिएका हुन ।

एनआरएनए युकेमा दुई कार्यकाल कार्यसमितिमा बसेर अनुभव लिइ सकेका उनले प्राप्त अनुभब , ज्ञान र क्षमतालाई सदुपयोग गर्दै आगामि दिनहरु मा अझ धेरै जिम्मेवारी वहन गर्दै नेपाली समुदायका निमित्त सक्रिय हुदै जाने ईच्छा रानाभाटले व्यक्त गरेका छन ।

 

एनआरएनए युकेमा एक सक्रिय, बौद्धिक र स्पष्टवक्ताका रुपमा परिचित छन । महासचिवमा उनको उम्मेदवारीलाई अर्थपूर्णरुपम हेरिएको छ ।

सन २००८ मा हाई स्किल रुटमा बेलायत आएदेखि नै रानाभाट एनआरएन अभियानमा सक्रिय भएका थिए ।

एनआरएन युकेमा २०१७-१९ कार्यकालमा कार्यसमिति सदस्य र १९-२१ मा सचिव पदमा निर्वाचित भए पश्चातः रानाभाटले  एनआरएनए यूकेमा संस्थाको व्यापार प्रबर्द्धन विभागको संयोजकको जिम्मेवारी सफलतापूर्वक सम्हाली सकेका छन ।

कोभिड महामारी प्रभावितको सहयोगार्थ एनआरएन यूकेले चलाएको हेल्पडेस्कमा संयोजकको भूमिका रानाभाटले खेलेका थिए । नेपाली वेल्फेयर सोसाइटीले नेपालका २२ जिल्लामा राहत बाँडने अभियानमा पनि उनले महत्वपूर्ण साथ रहेको थियो । आरजीएनएसको कोभिड सहायता र जनगणना अवरनेस अभियानमा पनि उनी संयोजक रहि सकेका छन ।

कोभिड महामारीमा गरेको सहयोगको कदर गर्दै रानाभाटलाई बिबीसी रेडियो लन्डनले मेक अ डीफरेन्स हिरोको रुपमा कदर गरेको थियो भने ग्रिनविच र बेक्सली काउन्सिलबाट उनी लकडाउन हिरोका रुपमा सम्मानित भएका थिए ।

युकेमा निर्माण व्यवसाय संचालन गर्दै आएका छन्पोखरा घर भएका रानाभाट बेलायतमा प्लमस्टेडमा श्रीमती र दुई छोरीका साथ बस्दै आएका छन् ।

नेपालको पोखरा युनीभर्सिटिबाट एमफिल सम्म अध्ययन गरेका उनले प्राध्यापन र शैक्षिक संस्था व्यवस्थापनका क्षेत्रमा १० वर्ष बढि सेवा गरेका थिए ।

सामाजिक कार्यमा पनि निरन्तर कृयाशिल रानाभाटले नेप्लिज प्रोफेसनल्स युके , यती नेपाली एशोसिएसन, क्षेत्री समाज युके , पशुपतिनाथ मन्दिर लगायतका संस्थामा कार्यसमितिको महत्वपूर्ण जिम्मेवारी वहन गरेका छन । साथै, आधा दर्जन बढी संघसंस्थामा उनी सल्लाहकारको रुपमा छन् ।

"

प्रतिक्रिया दिनुहोस्