नेपालमा २१ लाखले लगाए कोरोना विरुद्धको खोप - दर्पण संसार

नेपालमा २१ लाखले लगाए कोरोना विरुद्धको खोप

काठमाडौं । नेपालमा कोरोना खोप अभियान दोस्रो चरणसम्म आइपुग्दा २१ लाखले खोप लगाइसकेको छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको खोप महाशाखाका अनुसार गतवर्षको माघ १४ देखि फागुन शुरु भएको अभियानमा २१ लाखले खोप लगाइसकेका छन् ।

फ्रन्टलाइनरमा बसेर काम गर्ने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, पत्रकारलगायतलाई पहिलो चरणमा चार लाख ३८ हजारलाई खोप दिएको महाशाखाले जनाएको छ । हालै पहिलो चरणमा खोप लगाएकालाई दोस्रो मात्रा दिने क्रममा तीन लाख ६२ हजारले दोस्रो मात्राको खोप लगाइसकेका छन् ।

महाशाखाका अनुसार भारतीय र चिनियाँ दुवै खोप गरी अहिलेसम्म जम्मा २१ लाखले खोप लगाएको छन् । अब स्वास्थ्य मन्त्रालयले रुसी खोपलाई स्वीकृत दिएको र यो ल्याउने अभियान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्