पूर्वरानी कोमललाई प्लाज्मा थेरापीको तयारी, पूर्वराजा ज्ञानेन्द्र र प्रेरणाको अवस्था सामान्य - दर्पण संसार

पूर्वरानी कोमललाई प्लाज्मा थेरापीको तयारी, पूर्वराजा ज्ञानेन्द्र र प्रेरणाको अवस्था सामान्य

काठमाडौं । कोरोना भाइरसको संक्रमण भइ नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहलाई अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारिएको छ ।
उनलाई प्लाज्मा थेरापीबाट उपचार गरिने भएको र सो का लागि अस्पतालले प्लाज्माको खोजी गरिरहेको छ । अस्पताल स्रोतका अनुसार कोमललाई विहीबार न प्लाज्मा दिने योजना छ ।

थापाथलीस्थित नर्भिक अस्पतालका कम्युनिकेशन तथा पिआर प्रमुख सोमनाथ वाँस्तोलाका अनुसार कोमल शाहमा अस्पताल भर्ना भएदेखि नै अक्सिजनको मात्रा कम देखिएको थियो, विहीबारबाट हाईफ्लो अक्सिजनको सपोर्टमा राखिएको हो तर स्वास्थ्य समस्या जटिल भने होइन ।’ उनलाई आइसियूमै राखेर उचारर भइरहेको वाँस्तोलाले जानकारी दिए ।

सोही अस्पतालमा उपचार गराइरहेको पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि अक्सिजनमै राखेर उपचार भइरहेको छ । वाँस्तोलाले भने,‘पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि अक्सिजनकै सहायतामा उपचार भइरहेको छ, स्वास्थ्य अवस्था सामान्य नै छ ।’ पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने सामान्य छ । उनलाई अक्सिजनको सपोर्ट दिनु परेको छैन ।

भारतको हरिद्वारमा आयोजित महाकुम्भ मेलामा सहभागी भएर नेपाल फर्केका दुबै जनामा एक साताअघि कोरोना संक्रमण देखिएको थियो । निर्मल निवासको सेल्फ आइसोलेसनमा रहेकै बेला दुवै जनालाई स्वास्थ्यमा समस्या देखिएको र अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्