दिपक मनाङे युवा तथा खेलकुद मन्त्रीमा नियुक्त - दर्पण संसार

दिपक मनाङे युवा तथा खेलकुद मन्त्रीमा नियुक्त

काठमाडौं । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रीपरिषद् विस्तार गरेका छन् ।

गहिरो सत्ता संकटमा रहेका मुख्यमन्त्री गुरुङले प्रदेश सांसद् राजीव गुरुङ ‘ दिपकमनाङे’लाई युवा तथा खेलकुद मन्त्री बनाउनुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले जानकारी दिए । नवनियुक्त मन्त्री गुरुङको विहीबार नै नीति तथा योजना आयोगको सभाहल पोखरामा सपथ गराइँदैछ ।

प्रतिक्रिया दिनुहोस्