नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान विदेशी नागरिकलाई रोक - दर्पण संसार

नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान विदेशी नागरिकलाई रोक

काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ट्रान्जिट बनाएर तेस्रो मुलुकमा जान विदेशी नागरिकलाई रोक लगाएको छ ।

नयाँ प्रकारको कोभिड–१९ को बढ्दो जोखिमलाई दृष्टिगत गरी यही वैशाख १५ गते मध्यरातदेखि लागू हुने गरी उक्त विमानस्थलबाट अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाइएको अध्यागमन विभागले जनाएको छ ।

त्रिभुवन विमानस्थललाई अन्तिम गन्तव्य बनाएर विदेशबाट आउन तथा उक्त विमानस्थलबाट विदेश जान पाउने व्यवस्थामा भने कुनै फेरबदल नगरिएको पनि उक्त विभागले जनाएको छ ।

अध्यागमन विभागका निर्देशक झंकनाथ ढकालले एक सूचना प्रकाशित गर्दै त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक जान नेपाल आउन र त्रिभुवन विमानस्थललाई ट्रान्जिटका रुपमा मात्र प्रयोग गरी अन्य गन्तव्यमा यात्रा गर्न रोक लगाएको जनाएको छ ।

"

प्रतिक्रिया दिनुहोस्