जिएनएन । अमेरिकन आइडलको १९ औ संस्करणमा १८ औ संस्करणका नेपालीमूलका उपविजेता दिवेश पोखरेल प्रतिस्प्रद्धि बन्ने भएका छन् । गत बर्ष १८ औ संस्करणमा महामारीको कारण भौतिक रुपमा उपस्थित हुन नभई घरबाटै प्रस्तुत गर्नु परेको थियो ।
यस बर्ष २०२० का शीर्ष १० मा पुग्न सफल सबै कलाकारहरुलाई आयोजकले निमन्त्रणा दिएकोले दिवेश पोखरेल(अर्थर गन)सहितले सहभागी जनाउने भएका छन ।
आगामी सोमबार अप्रिल १९ देखि प्रारम्भ हुने १९ औ अमेरिकन आइडलमा पुन नेपाली मूलका दिवेश पोखरेलको प्रस्तुति देख्न पाइने भएको छ । सन् २०२० का शीर्ष १० मा पुग्ने सिनाय एलिस, आलियाना जेस्टर, लुइस नाइट, निक मेरिको लगायत दिवेशले सुवर्ण अवसर पाउने भएका छन् । उक्त समाचार स्क्रिनर्यान्ट डटकमले समाचार लेखेको छ ।
दिवेशले सामाजिक संजाल मार्फत आफ्नो प्रचार प्रसार प्रारम्भ गरेका छन् । १८ औ अमेरिकन आइडलमा अत्यन्तै राम्रो प्रस्तुति गरेका पोखरेल बिजेता बन्न सक्ने अपेक्षा गरिएको थियो भने नेपाली समुदायलाई ठूलो सहयोग गरेका थिए । उ१८ औ अमेरिकन आइडल हात पार्न बाट चुकेका थिए भने गत बर्ष युवती जस्ट स्याम विजेता भएकी थिइन् ।
अमेरिकन आइडलको इतिहासमा यसरी प्रतिस्प्रद्धामा भाग लिई सकेका त्यसमा पनि शीर्ष १० मा पुगेकालाई बिरलै मौका दिने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्