ओलीले अब चाँडै नै पराजयको हार चाख्ने - दर्पण संसार

ओलीले अब चाँडै नै पराजयको हार चाख्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ले प्रधानमन्त्री केपी ओलीले अब चाँडै नै पराजयको हार चाख्ने चेतावनी दिएका छन् ।

चितवनको माडी नगरपालिका कार्यालयको भवन उद्घाटन गर्दै दाहालले कर्णालीबाट शुरु भएको ओलीको हार अब केन्द्रमा पनि आइपुग्ने दावी गरेका हुन् ।

कर्णाली प्रदेश सरकार गिराउने ओलीको प्रयास निरस्त्र पारिएको भन्दै दाहालले भने, ‘अब गण्डकी र लुम्बिनी प्रदेशमा पनि हार व्योहोर्दै छन् । ती प्रदेशमा भन्दा पहिले संघमा हार्न पनि सक्छन् । प्रतिगमन धेरै दिन टिक्दैन ।’ ओलीलाई प्रधानमन्त्री आफैले बनाएको जिकीर गर्दै दाहालले धोका दिने ओली नेतृत्वको सरकार अब धेरै नटिक्ने दाबी गरे ।

चितवनको माडीस्थित अयोध्यापुरीमा प्रधानमन्त्री ओलीले बनाउन लगाएको राम–सीता मन्दिरको अवलोकन गर्दै पूर्वप्रधानमन्त्री दाहालले कम्युनिष्टले धर्म मान्दैनन् भन्ने प्रचार गलत भएको टिप्पणी गरे ।

माडीमा राम जन्मभूमिलाई आधिकारिकरुपमा ल्याउन सक्दा सबैभन्दा बढी खुशी आफू हुने भन्दै उनले अयोध्याधामको विषय गम्भीर भएकाले संवेदनशील कुरामा सस्तो लोकप्रियतामा नलाग्न प्रधानमन्त्री ओलीलाई सचेत पनि गराए ।

प्रतिक्रिया दिनुहोस्