ओलीले संबिधान मिचेर आफु अनैतिक भएको पुष्टि गरिसक्नुभयो : नेता सिंह - दर्पण संसार

ओलीले संबिधान मिचेर आफु अनैतिक भएको पुष्टि गरिसक्नुभयो : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेस प्रभावशाली नेता प्रकाशमान सिंहले जनताले दिएको अधिकारको दुरुपयोग गरि जनताको विश्वास माथि ओली सरकारले लात हानेको बताएका छन् ।

शनिवार श्री भगबती क्लबको आयोजनामा काठमाडौंको टोखामा भएको शुभकामना आदानप्रदान तथा गणेशमान सिंहको स्मृतिमा निर्माण गरिएको पोखरीको उद्घटन कार्यक्रममा बोल्दै नेता सिंहले नैतिकता नभएको प्रधानमन्त्री धेरै समय राख्न नहुने भन्दै तत्काल ओलीको बिकल्प खोज्नुपर्ने बताएका हुन् ।

उनले भने, ,‘ प्रधानमन्त्री ओलीले संबिधान मिचेर आफु अनैतिक भएको पुष्टि गरिसक्नुभयो । अन्तर्राष्ट्रिय प्रचलन, संबैधानिक दृष्टिकोणले पनि ओली प्रधानमन्त्री पदका लागि अयोग्य भइसके । अब ओलीको बिकल्प तल्काल दिनुपर्छ ।’

साथै नेता सिंहले राजनीति ठिक भएका देशको सामाजिक, अर्थिक लगायत सम्पूर्ण क्षेत्रको बिकास हुने भन्दै राजनीति गर्ने नेतामा नैतिकता हुन जरुरी रहेको पनि बताए । तर ओलीमा अलिकति पनि नैतिकता नभएको भन्दै प्रधानमन्त्रीमा बसिरहन दिए आफुहरुको पनि नैतिकतामा प्रश्न उठ्ने बताए ।

बिगतका घटनाले यो सरकार भ्रष्टाचारमा लिप्त भएको पुष्टि भईसकेको भन्दै नेता सिंहले ओली सरकारले भ्रष्टाचारीलाई संरक्षण गरि रहेको बताए ।
नेता सिंहले सरकार परिवर्तन गर्न कांग्रेस एक्लैको बहुमत नपुग्ने हुँदा ढिला भएको बताउँदै आफुहरुलाई जनताले प्रतिपक्षमा बस्ने अधिकार दिएपनि कम्युनिष्टहरुले देश सञ्चालन गर्न नसकेका कारण सरकार निर्माणमा अग्रसर भएको प्रष्ट पारे ।

देश बचाउन, लोकतान्त्रिक मूल्य मान्यता बचाउनको लागी भएपनि अहिले कांग्रेसले प्रभावकारी भूमिका खेल्ने अवस्था आएकाले आफुहरु त्यसमा लागी परेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्