थिरज र मेलिनाको ‘झिमिक झिमिक’मा सोनिका र जोनको दमदार अभिनय - दर्पण संसार

थिरज र मेलिनाको ‘झिमिक झिमिक’मा सोनिका र जोनको दमदार अभिनय

काठमाडौं । अघिल्तिर छोटो संवाद समेटिएको ‘झिमिक झिमिक’ को भिडियो सार्वजनिक भएको छ ।

गायिका मेलिना राई र गायक थिरज राईको स्वर रहेको गीतमा युट्युबर तथा मोडल सोनिका रोकाया र जोन पुलामी मगर फिचर्ड छ ।

गीतमा डिपी खनालको शब्द तथा थिरज राईको संगीत छ । प्रेमील जोडीबिचको माया र प्रेमलाई गीतमा समेटिएको छ ।

सन्दीप भुजेलको निर्देशन रहेको भिडियोमा रञ्जीत घिसिङको छायांकन र सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्