कृष्णप्रसाद भट्टराईको भाषण : ‘अब म पानी ल्याउँछु, त्यही मेलम्चीको पानी’(भिडियो) - दर्पण संसार

कृष्णप्रसाद भट्टराईको भाषण : ‘अब म पानी ल्याउँछु, त्यही मेलम्चीको पानी’(भिडियो)

काठमाडौं । नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ३० वर्षअघि मेलम्चीको पानी ल्याउँछु भनेर गरेको भाषणको अडियो र भिडियो सार्वजनिक गरेको छ ।

‘अब म पानी ल्याउँछु, त्यही मेलम्चीको पानी’, कांग्रेसले बिहीबार सार्वजनिक गरेको भिडियोमा भट्टराईले भनेका छन् । अडियो भिडियोसहित विज्ञप्ति सार्वजनिक गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले कृष्णप्रसादको सपना पूरा भएको भन्दै सबैलाई बधाई दिएका छन् ।

साथै परियोजनाको भविष्य सुरक्षित र सफल बनाउन सबैको साझा प्रतिबद्धता, एक्यवद्धता र साथका लागि समेत शर्माले अपील गरेका छन् ।

‘नेपाली कांग्रेसका तत्कालीन सभापति एवं तत्कालीन प्रधानमन्त्री सन्त नेता कृष्णप्रसाद भट्टराईले काठमाडौंको खानेपानी समस्या समाधान गर्न मेलम्ची नदीको पानी ल्याउने उद्घोष गरेको परियोजना अन्तत आजको समयमा साकार भएको पनि कांग्रेसले जनाएको छ ।

,

प्रतिक्रिया दिनुहोस्