पर्सा खैरहनी जेसीजद्वारा शारीरिक अपाङ्गता भएका व्यत्तिलाई निःशुल्क व्हीलचेयर वितरण - दर्पण संसार

पर्सा खैरहनी जेसीजद्वारा शारीरिक अपाङ्गता भएका व्यत्तिलाई निःशुल्क व्हीलचेयर वितरण

 

चितवन
खैरहनी ४ चितवनमा बसेाबास गर्दै आएका आर्थिक र शारीरिक रूपमा असक्त दुई व्यक्तिलाई पर्सा खैरहनी जेसिजले व्हिल चेयर वितरण गरेको छ । उनीहरू को घरमा नै पुगेर पर्सा खैरहनी जेसीज र जुनियर जेसीज वर्ष २०२१ को तर्फबाट निःशुल्क रूपमा व्हिल चेयर प्रदान गरीएको हो ।

व्हिल चेयर वितरण कार्यक्रम खैरहनी नगरपालिका ४ का वडा अध्यक्ष देवबहादुर बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । उक्त विशेष कार्यकमलाई खैरहनी जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी रमेश पराजुलीले अध्यक्षता गरेका थिए ।

कार्यक्रमका संयेाजक जेसी विवेक न्यौपाने लगाएतले उक्त वितरण कार्यक्रमलाई सहज बनाएका थिए । कार्यक्रमलाई हल्याण्डबाट आएका एक नागरिकको पनि विषेश सहयोग रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्