कांग्रेस नेता नवीन्द्रराज जोशीको निधनप्रति देउवाद्धारा समवेदना ब्यक्त - दर्पण संसार

कांग्रेस नेता नवीन्द्रराज जोशीको निधनप्रति देउवाद्धारा समवेदना ब्यक्त

काठमाडौं । मष्तिस्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ ।

जोशीको शुक्रबार साँझ ८ः२५ बजे मृत्यु भएको उनका दाजु राजुराज जोशीले जानकारी दिएका छन् । मृत्युबारे यो समाचार तयार पार्दासम्म नर्भिक अस्पतालले आधिकारिक विज्ञप्ति भने सार्वजनिक गरेको छैन् ।

गत फागुन १३ गते देखि मस्तिष्कघातको समस्या भएपछि वीर अस्पताल हुँदै उहाँलाई नर्भिक अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो ।
कांग्रेस केन्द्रीय सदस्य, पूर्वमन्त्री साथै पूर्वसांसद पनि रहिसकेका जोशीमा मष्तिस्कघातको समस्या देखिएपछि अस्पतालले सुरुदेखि नै भेन्टिलेटरको सहायतामा उपचार गरिरहेको थियो ।

जोशीको निधनप्रति पार्टी सभापति शेर बहादुर देउवाले एक इमान्दार र निष्ठावान नेता गुमाएको भन्दै समवेदना प्रकट गरेका छन् । उनले सामाजिक संजालमा लेखेका छन्–‘नेपाली कांग्रेसका नेता, कुशल संगठक एवंम पूर्वमन्त्री नविन्द्रराज जोशीको असामायिक निधनको खबरले निकै मर्माहित भएको छु । जोशीजीको निधनले काँग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’

प्रतिक्रिया दिनुहोस्