कांग्रेस विषयगत विज्ञमा शैलेन्द्र शर्मा गौंडेल नियुक्त - दर्पण संसार

कांग्रेस विषयगत विज्ञमा शैलेन्द्र शर्मा गौंडेल नियुक्त

काठमाडौं । नेविसंघ नेता तथा विदेश मामिला अध्येता शैलेन्द्र शर्मा गौंडेल नेपाली कांग्रेसको केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको विदेश विज्ञका रुपमा नियुक्त भएका छन् ।

कांग्रेसको विधान २०१७(संशोधन सहित) को ३६(१)(ङ)अनुसार शर्मालाई अन्तर्राष्ट्रिय सम्बन्ध तथा विदेश नीतिसम्बन्धी विषयगत विज्ञका रुपमा गौंडेललाई नियुक्त गरिएको हो ।

कांग्रेस उपसभापति तथा केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधि रहेका छन भने प्रतिष्ठान अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा विदेश नीतिसम्बन्धी विषयगत विज्ञको संयोजकमा गेजा शर्मा वाग्ले छन् ।

त्रिभुवन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नाकोत्तर गरेका गौंडेल नेविसंघका पूर्व केन्द्रिय सदस्य तथा नेविसंघ पर्वत-काठमाडौं सम्पर्क समितिका पूर्वअध्यक्ष समेत हुन् । अधिवक्ता समेत रहेका उनी पछिल्लो समय कांग्रेसको राजनीतिमा सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्