यूरोपका तीन शक्तिशाली मुलुकद्वारा एस्ट्राजेनेकाको खोपमाथि अस्थायी प्रतिबन्ध - दर्पण संसार

यूरोपका तीन शक्तिशाली मुलुकद्वारा एस्ट्राजेनेकाको खोपमाथि अस्थायी प्रतिबन्ध

लण्डन । यूरोपका तीन शक्तिशाली मुलुकहरु जर्मनी, फ्रान्स र इटालीले एस्ट्राजेनेकाको उत्पादनमा बनेको कोरोना भाइरसविरुद्धको खोपमा अस्थायी प्रतिबन्ध लगाएका छन् ।

यो खोप लगाउने मानिसहरुमा रगत जम्ने समस्या देखिएको भन्दै अन्य केही यूरोपेली मुलुकहरुले पनि एस्ट्राजेनेकाको खोप लगाउन रोकिसकेका छन् । फ्रान्स, जर्मनी र इटालीले पनि रगत जम्ने आशंकामा यो खोपमाथि अस्थायी प्रतिबन्ध लगाएका हुन् ।

सो खोपले रगत जमाउने भने पनि विश्वस्वास्थ्य संगठन लगायतका विश्वका नेतृत्वदायी स्वास्थ्य एजेन्सीहरुले भने करोडौं मानिसहरुले सो खोप कुनै समस्याबिना नै लगाइसकेको जनाएका छन् ।

यी एजेन्सीहरुले रगत जम्ने समस्या र यो खोपबीच कुनै सम्बन्ध नरहेको समेत बताएका छन् । खोप उत्पादक कम्पनी एस्ट्राजेनेकाले भने खोप सुरक्षित रहेको भन्दै प्रतिरक्षा गरेको छ।

यो खोपको परीक्षणमा खोप सुरक्षित रहेको र प्रभावकारी रहेको तथ्यांक देखाइएको थियो । तर, हालका दिनमा सुरक्षाको कारण यो खोप उत्पादक कम्पनी समस्यामा परेको छ ।

प्रतिक्रिया दिनुहोस्