प्रदिप कार्कीको "सुनै सुनको तिलहरी" - दर्पण संसार

प्रदिप कार्कीको "सुनै सुनको तिलहरी"

 

लामो समयदेखि बेलायत बस्दै आउनु भएका गायक प्रदिप कार्कीको " सुनै सुनको तिलहरी " बजारमा आएको छ । दिपक शर्माको शब्द तथा संगित संयोजन रहेको गितलाई गायकद्धव प्रदिप कार्की र बेनिशा पौडेलले गाएका हुन ।

विधान कार्कीको निर्देशन रहेको म्युजिक भिडियामा मनिषा थापाको कोरियोग्राफी रहेको छ । हरी हुमागाईले छायांकन गरेको " सुनै सुनको तिलहरी" लाई विकाश दाहालले सम्पादन गरेका हुन ।

 

                           गायक प्रदिप कार्की

 

आकाश श्रेष्ठ र उषा उप्रेतीको जिवन्त अभिनय रहेको " सुनै सुनको तिलहरी" लाई नौलो रुपमा प्रस्तुत गरिएको छ । प्रेमील जोडीको रोमान्सलाई सुन्दर शैलीमा छायांकन गरिएको छ ।

गायक प्रदिप कार्की बेलायती नेपाली मोसफलमा स्थापित परिचय हो । लगभग दर्जन गितहरू मा आवाज दिएका कार्कीको " सुनै सुनको तिलहरी" उनले आफ्नै युट्युब च्यानल मार्फत भर्खरै सार्वजनिक गरेका हुन ।आविष्कार एल्वम मार्फत थुप्रै गित दिइसकेका कार्कीले सपना श्री , चन्दा देवान लगायत चर्चित गायिकाहरु संग आवाज मिसाई सकेका छन । प्रवासबाटै पनि नेपाली संगितको प्रवद्धनमा लागिपरेका कार्कीका अन्य गितहरु रिलिजका तयारीमा छन ।

 

"

"

प्रतिक्रिया दिनुहोस्