काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा ३२ वर्षसम्म घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याउन सकेको दाबी गरेका छन् ।
सोमबार काठमाडौंमा विद्यार्थीहरूमाझ भएको एक कार्यक्रममा बोल्दै घिसिङले लोडसेडिङ अन्त्यसँगै ३२ वर्षसम्म घाटामा रहेको प्राधिकरणलाई झण्डै ४० अर्ब नाफामा ल्याएको बताएका हुन् ।
पूर्वकार्यकारी निर्देशक घिसिङले अब हरेक व्यक्ति आत्मनिर्भर हुनुपर्नेमा जोड दिँदै सबैले आफ्नो जिम्मेवारी मात्रै इमान्दारीपूर्वक पूरा गरे पनि देश सुन्दर हुने बताए ।
प्रतिक्रिया दिनुहोस्