देश र जनताको विपक्षमा फैसला भए आन्दोलन : ओली - दर्पण संसार

देश र जनताको विपक्षमा फैसला भए आन्दोलन : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको विपक्षमा फैसला भए आन्दोलनमा जाने भन्दै सर्वोच्च अदालतलाई धम्की दिएका छन् ।

शनिबार विराटनगरमा ओली पक्षीय नेकपाको प्रदेश कमिटीको आयोजनामा भएको आमसभामा बोल्दै प्रधानमन्त्री ओलीले देश र जनताको पक्षमा फैसला नभए आन्दोलन हुने चेतावनी दिएका हुन् ।

उनले भने, ‘यदि कुनै प्रकारको जालझेल, षडयन्त्र, तिकडम, सेटिङ केही भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ, त्यस्ता शक्तिहरूलाई पराजित गर्छौं ।’

प्रधानमन्त्री ओलीले निर्वाचन आयोगले सूर्य चिन्ह आफूहरुलाई दिनेमा ढुक्क हुन पनि कार्यकर्तालाई विश्वास दिलाएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको फैसला भएमा राजनीतिक गठजोड गर्नका लागि सांसदहरूको किनबेच, सरकार बनाउने र ढाल्ने जस्ताा फोहोरी खेल हुने प्रधानमन्त्रीको तर्क छ ।

सर्वोच्च अदालतले देशका विभिन्न भागमा भएका सभाहरूबाट प्रकट भएका जनताका अभिमत, संविधानको मर्म र भावना तथा विघटन नभएपछिको परिणामलाई ध्यान दिएकाले कुनै पनि भ्रममा नपरी चुनावको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई दिर्नेशन दिए ।

"

प्रतिक्रिया दिनुहोस्