निषेध र विभेदको राजनीति सुरु गरिएकोप्रति पूर्वराजा ज्ञानेन्द्र रुष्ट - दर्पण संसार

निषेध र विभेदको राजनीति सुरु गरिएकोप्रति पूर्वराजा ज्ञानेन्द्र रुष्ट

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले निषेधको राजनीति गर्नेहरूलाई चेतावनी दिएका छन् ।

७१ औं प्रजातन्त्र दिवसको अवसरमा सन्देश जारी गर्दै पूर्वराजा शाहले नेपाल जनता र राजाको सहमतिबाट खडा भएको बताउँदै यसको अस्तित्व रक्षा पनि सहमतिबाटमात्रै हुने बताए । उनले यथार्थको अवज्ञाले निषेध र विभेदको राजनीति सुरु गरिएको उल्लेख गरे ।

उनले मुलुक दिनप्रतिदिन जटिलतामा फस्दै गएको महसुस आम नेपालीले गरिरहेको भन्दै सबैले मातृभूमिको पवित्र माटो छातीमा राखेर आत्म समीक्षा गर्नुपर्ने बेला आएको उल्लेख गरेका छन् ।

पूर्वराजा शाहले जनताको आस्था, चाहना र जनभावना अन्ततः अमर रहन्छ भन्दै यसलाई मेट्न खोजेर, बटारेर त्यो मेटिँदैन बटारिन्न भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्