नेपाल स्पेन समाज कोस्टाब्लाङका समाजद्वारा दर्पण सन्सार डटकममा छापिएको न्यूज प्रति असन्तुष्टि - दर्पण संसार

नेपाल स्पेन समाज कोस्टाब्लाङका समाजद्वारा दर्पण सन्सार डटकममा छापिएको न्यूज प्रति असन्तुष्टि

नेपाल स्पेन समाज कोस्टाब्लाङका समाजले दर्पण सन्सार डटकममा छापिएको न्यूज प्रति असन्तुष्टि प्रकट गरेको छ । सम्वन्धित व्यत्ति वा समाजलाई हामीलाई प्राप्त टेलिफोन सूचना या अन्य आधारमा प्राप्त भएका सामाग्रिलाई प्रकाशित गरिएको जानकारी गराउँदछौ ।

 

 

छापिएको न्यूजको यस्तो थियो ।

एनआरएनए स्पेनमा लफडा , एकलौटी निर्णय नर्गन चेतावनी

 

गैर आवासीय नेपालीहरुको संस्था (एनआरएनए) स्पेन विवादमा परेको छ । विवाद बढेपछि स्पेनमा रहेका अधिकांश नेपालीहरु एनआरएनए संग असन्तुष्टि रहेका छन् ।

आइसिसि स्पेनका संस्थापक सदस्य तथा एनआरएनए क्षेत्रीय समिति गठनका संयोजक विरेन्द्र श्रेष्ठले दिशाबिहिन र योजनाबिहिन तथा स्वेच्छाचारी ढंगबाट आफ्नो अनुकुलका केहि व्यक्तिहरुलाई मात्र समेटेर क्षेत्रीय कमिटि विस्तार गरेपछि एनआरएनए स्पेन विवादमा तानिएको हो ।

स्पेन, कोस्टाब्लान्का क्षेत्रिय कमिटि विस्तारका क्रममा करिब १२ सय जना नेपालीहरु आबद्ध रहेका कोस्टाब्लान्काकै एक मात्र आधिकारीक संस्था नेपाल समाज (एसोशिएसन) लाई पक्षपात एवंम् वेवास्ता गरि अन्यायपूर्ण बाताबरण सिर्जना गरेका एनआरएनए स्पेनका अध्यक्ष देवकाजी गुरुङ र उपाध्याक्ष तुलसी गुरुङ लगाएतका सदस्यहरु गैर जिम्मेवार भएको तितो याथर्थले उदासिन र बेखबर भएका नेपालीहरुले अनुभुती गरिरहेका छन। गैरआवसिय नेपालीहरुको भावनामाथि नै चोट पुग्ने गरि आफु अनुकुल निर्णय भएको नेपाल समाज (एसोशिएसन)का प्रवक्ता सन्तोष अर्यालले जानकारी दिएका छन् ।

संयोजक विरेन्द्र श्रेष्ठले राजनीतिक भविष्य निर्धारण गर्न नेपालीहरुको सामाजिक संस्थालाईनै फुटाउने उद्देश्यका साथ उक्त कार्य गरेता पनि सफल नभएको नेपाल समाज (एसोशिएसन)को भनाइ छ ।

स्पेनमा रहेको नेपालीहरुलाई थाहा नदिई रातारात विस्तार गरेको उक्त कमिटि तत्काल बदर गर्न माग गर्दै एनआरएनएका अध्यक्ष कुमार पन्त समक्ष आग्रह गरेका छन् । यदि उक्त निर्णय नसच्चिए आफुहरु कडा कदम चाल्न बाध्य हुने नेपाल समाज (एसोशिएसन) ‘कोस्टाब्लान्का’ का अध्यक्ष अक्कल बहादुर बोहोराज्युले बताउनु भएको छ।

 

नेपाल स्पेन समाज कोस्टाब्लाङका समाजका अध्यक्ष केशवराज कँडेलको हस्ताक्षर गरिएको विज्ञप्तिको पूर्ण अंश जस्ताको त्यस्तै समाजको खण्डन यस्तो रहेको छ

 

प्रतिक्रिया दिनुहोस्