बजारमा ‘तीनपाने’को म्यूजिक भिडीयोको चर्चा - दर्पण संसार

बजारमा ‘तीनपाने’को म्यूजिक भिडीयोको चर्चा

काठमाडौँ । मिथुन र सृष्टिको दोस्रो गीत ‘तीनपाने’को म्यूजिक भिडीयो सार्वजनिक भएको छ ।

सुधिर श्रेष्ठ र रियासा दाहालको अभियानमा उक्त गीतको म्यूजिक भिडीयो सार्वजनिक भएको हो । पछिल्लो समय नीकै चर्चित मोडल तथा कलाकार हुन् सुधिर श्रेष्ठ र रियासा दाहाल । तिनै चर्चित अनुहारको एकसाथ रोमान्स गर्ने मौका एकपटक पुन: जुरेको छ ।

सो म्यूजिक भिडीयोमा सुधिर मुखियाको घरमा बसेर मुखियाकै छोरी(रियासा)लाइ पट्याउन सफल हुन्छन् । उक्त म्यूजिक भिडीयोमा बद्री पुडासैनिलाई मुखियाको भूमिकामा देख्न पाईन्छ ।

गायक मिथुन सिवा तथा गायीका सृष्टि हिङमाङको स्वर रहेको गीतमा गायक सिवाले नै शब्द/रचना तथा संगीत भरेका छन् । गायक/गायीका मिथुन र सृष्टि रियल जोडी हुन् । निकै रोमान्टिक/कमेडी कन्सेप्टमा तयार पारिएको उक्त भिडीयोको कोरियोग्राफी दिपेन्द्र शाही ठकुरीले गरेका हुन् भने एरेन्ज तथा मिक्सिङ किसोर थापाले गरेका छन् । आर्टमण्डू स्टुडियोमा रेकर्ड गरिएको ‘तीनपाने’ मिथुन र सृष्टिको दोस्रो गीत हो ।

यो जोडीले यस अघि ‘तिम्रो छाती भित्र मुटु चल्छ मेरो’ गीत ल्याएर निकै चर्चा बटुली सकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्