सुधिर श्रेष्ठ र रियासा दाहालबिच प्रेमको चर्चा, के हो खासकुरा ? - दर्पण संसार

सुधिर श्रेष्ठ र रियासा दाहालबिच प्रेमको चर्चा, के हो खासकुरा ?

काठमाडौँ । गायक मिथुन सिवा तथा गायीका सृष्टि हिङमाङको स्वर रहेको ‘तीनपाने’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । जसमा पछिल्लो समयका चर्चित मोडलद्धय सुधिर श्रेष्ठ र रियासा दाहालको गज्जबको अभिनय देख्न सकिन्छ । सुधिर मुखियाको घरमा बसेर मुखियाकै छोरी९रियासा०लार्इ आफ्नो प्रेमजालमा पार्न सफल सुधिरको रोमाञ्चक प्रेम कहानीलाई निर्देशक दिपेन्द्र शाही ठकुरीले गज्जबसँ प्रस्तुत गर्न सफल भएका छन् । गायक मिथुन सिवा तथा गायीका सृष्टि हिङमाङको स्वर रहेको गीतमा गायक सिवाले नै शब्दररचना तथा संगीत भरेका छन् । गायकरगायीका मिथुन र सृष्टि रियल जोडी हुन् । निकै रोमान्टिकरकमेडी कन्सेप्टमा तयार पारिएको उक्त भिडीयोको कोरियोग्राफी दिपेन्द्र शाही ठकुरीले गरेका हुन् भने एरेन्ज तथा मिक्सिङ किसोर थापाले गरेका छन् । आर्टमण्डू स्टुडियोमा रेकर्ड गरिएको ‘तीनपाने’ मिथुन र सृष्टिको दोस्रो गीत हो । यो जोडीले यस अघि ‘तिम्रो छाती भित्र मुटु चल्छ मेरो’ गीत ल्याएर निकै चर्चा बटुली सकेका छन् । प्रेम र रोमान्सले भरिएको यो रमाइलो गीतको भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्