'नेपाली अनलाइन रमाइलो जोक्स कम्पिटिशन २०२१' को चर्चा, बिजेताले ३ लाख बढी पुरस्कार पाउने - दर्पण संसार

'नेपाली अनलाइन रमाइलो जोक्स कम्पिटिशन २०२१' को चर्चा, बिजेताले ३ लाख बढी पुरस्कार पाउने

काठमाडौं । विश्वभर छरिएर रहेका प्रतिभावान कलाकारहरुलाई प्रोत्सहान गर्ने उदेश्यल 'नेपाली अनलाइन रमाइलो जोक्स कम्पिटिशन २०२१' निर्माण गरिएको छ । चर्चित हाँस्यकलाकार बुद्धि तामाङ निर्णयक रहेको 'नेपाली अनलाइन रमाइलो जोक्स कम्पिटिशन २०२१' सिजन १ को सुरुवात गरिएको छ । बुद्धिका अलावा हाँस्यकलाकार दिलिप गुरुङ र कलाकार भानु तिवारी निर्णयक रहेको कार्यक्रम रिदम स्क्रिनको प्रस्तुतिमा तयार भएको कार्यक्रम नेपाली साहित्य,संगीत र कलामा क्रियासिल संगीतकर्मीहरुले आयोजना गरेका हुन्।

यस कार्यक्रममा सहभागी हुन् प्रतियोगीहरुले रमाईलो जोक्स कम्पिटिशन नामक वेवसाइटमा गएर निशुल्क फारम भर्न सक्छन् अथवा रिदम स्क्रिनको आधिकारिक फेसबुक पेज वा ईन्स्टग्राम मार्फत पनि सहभागिता जनाउन सकिने आयोजकले जनाएको छ ।

कार्यक्रममा पहिलो हुने विजेताले तिन हजार डलर , दोस्रो हुनेले दुई हजार डलर र तेस्रो हुनेले एक हजार डलर नगद सहित ट्रफी र प्रमाणपत्र पुरुस्कार स्वरूप पाउने छन्। प्रतियोगीतमा सहभागीता जनाउन जनवरी ८ देखि फेब्रअरी २८ सम्म प्रतियोगीहरुले आवेदन दिन सकिन कार्यक्रमका उत्पादक तथा निर्देशक कमल राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्