श्रीमतीद्वारा आफ्नै श्रीमानको हत्या - दर्पण संसार

श्रीमतीद्वारा आफ्नै श्रीमानको हत्या

 
 

भारतको एक शिक्षिकाले आफ्नै श्रीमानको विभत्स हत्या गराएकी छिन्। विहारस्थित गुरारु थानमा शिक्षिकाले आफ्नो प्रेमीसँग मिलेर श्रीमान्को हत्या गराएकी हुन्

औरंगावाद जिल्लाको मदनपुर विद्यालयकी शिक्षिका रेखा देवीले प्रेमी अशोक दाससँग योजना बनाएर बबनकुमार नामका युवकलाई १२ हजार रुपैयाँ सुपारी दिएकी थिइन्।

बबन कुमारले त्यहीँ १२ हजारबाट नै ५५ रुपैयाँको चक्कु किनेर राकेश कुमारको हत्या गरेका हुन्।

विहार पुलिसले राकेश कुमारको शव अल्टो कारबाट बरामद गरेको हो।

मृतक राकेश कुमार भाडाको गाडी चलाउँथे। त्यस गाडीमा अशोक र बबन चढेर एकान्त ठाँउमा पुगेपछि राकेश कुमारको हत्या गरे।

५ अक्टुबर २०२० मा घटेको यो घटनाको खुलासा २ महिनापछि भएको भएको हो।

डिएसपी नगेन्द्र कुमारले अशोक दासले आरोप स्वीकार गरेपछि शिक्षिका रेखा देवीलाई प्रहरीले पक्राउ गरेको बताए।

रेखाको मोबाइल चेक गर्दा अशोकसँगको आपत्तिजनक भिडियो प्रहरीको हात लागेको बताए। हाल बबन कुमारको खोजी भइरहेको बताइएको छ।
 

प्रतिक्रिया दिनुहोस्