काठमाडौं । छैठौं ‘इनास फिल्म अवार्ड’ को उत्कृष्ट तीनको मनोनयन सूची सार्वजनिक भएको छ ।
यही असोज २७ गते अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ले काठमाडौंको कमलादीको नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गर्न लागेको अवार्ड ११ विधामा बाँडिँदैछ ।
अवार्डमा उत्कृष्ट चलचित्रको विधामा ‘बुलबुल’, ‘प्रसाद’ र ‘गोपी’ बीच तीव्र प्रतिस्पर्धा देखिएको छ । यी तीनै चलचित्र निर्देशन र लेखन विधामा पनि समान प्रतिस्पर्धी हुन् ।
निर्देशकका लागि ‘बुलबुल’ बाट विनोद पौडेल, ‘प्रसाद’ बाट दिनेश राउत र ‘गोपी’ बाट दीपेन्द्र लामाबीच प्रतिस्पर्धा हुँदैछ । अभिनेताको विधामा ‘गोपी’ र ‘प्रसाद’ गरि दुई चलचित्रबाट विपिन कार्की र चलचित्र ‘यात्रा’बाट सलिनमान बनियाँ भिड्दैछन् ।
अभिनेत्रीको विधामा ‘रोमियो एण्ड मुना’ बाट सृष्टि श्रेष्ठ, ‘साइँली’ बाट मेनुका प्रधान र ‘बुलबुल’ बाट स्वस्तिमा खड्काबीच प्रतिस्पर्धा हुने भएको छ ।
इनासले यसपटक बरिष्ठ संगीतकार रञ्जित गजमेरलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गर्ने भएको छ । नेपाल सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष( २०२०’ लाई पनि सहयोग पुर्याउने उद्येश्यले अवार्ड आयोजना गर्न लागिएको इनासका चलचित्र प्रवर्द्धन समिति संयोजक मनिष कुमार श्रेष्ठले बताए । अवार्डमा सयौँको संख्यामा एनआरएनहरुको उपस्थिति रहने बताइएको छ ।
छैठौं इनास अवार्ड २०७६ को उत्कृष्ट ३ मा परेका चलचित्रहरु
१. उत्कृष्ट चलचित्र
बुलबुल
प्रसाद
गोपी
२. उत्कृष्ट निर्देशक
विनोद पौडेल – बुलबुल
दिनेश राउत – प्रसाद
दिपेन्द्र लामा – गोपी
३. उत्कृष्ट अभिनेता
विपिन कार्की – प्रसाद
विपिन कार्की – गोपी
सलिनमान बनियाँ – यात्रा
४. उत्कृष्ट अभिनेत्री
सृष्टि श्रेष्ठ – रोमियो एण्ड मुना
मेनका प्रधान – साहिली
स्वस्तीमा खड्का – बुलबुल
५. उत्कृष्ट लेखन
सुशील पौडेल – प्रसाद
दिपेन्द्र लामा – गोपी
विनोद पौडेल – बुलबुल
६. उत्कृष्ट सम्पादन
निमेष श्रेष्ठ – साहिली
बनिष शाहरभुपेन्द्र अधिकारी – छक्का पञ्जा ३
अनिमेष सापकोटा – बुलबुल
७. उत्कृष्ट छायांकन
पुरुषोत्तम प्रधान – छक्का पञ्जा ३
संजय लामा – यात्रा
शैलेन्द्र डी। कार्की – इन्टु मिन्टु लण्डनमा
८. संगीत
दिपक शर्मा – छक्का पञ्जा ३ – फनफनी घुमेर
सुवास भुषाल – प्रसाद – लैलै बरै
हर्कुलस बस्नेत – इन्टु मिन्टु लण्डनमा – चाहाना मनको
९. गायन (पुरुष)
केतन क्षेत्री –प्रसाद – लैलै
हकुलश बस्नेत – इन्टु मिन्टु लण्डनमा – उडायो हावाले
प्रताप दाश – रोज – फुल होइन काँडा
१०. गायन (महिला)
प्रविशा अधिकारी – रोज – फूल होइन काँडा
निकिता थापा – इन्टु मिन्टु लण्डनमा – उडायो हावाले
मेलिना राई – सुश्री सम्पत्ति – हुकुम बक्सियोस्
११. नृत्य निर्देशन
कविराज गहतराज – भैरे – सान्नानीलाई भेट्न
कविराज गहतराज – छक्का पञ्जा ३ – औंठी बैना
गम्भीर विष्ट – सुश्री सम्पत्ति – रुकुम बक्सियोस्
प्रतिक्रिया दिनुहोस्