रंजित गजमेरको 'म जुन बनिदिन्छु'मा इन्ज़मम र जानकीको रोमान्स, हेर्नुहोस् भिडियो - दर्पण संसार

रंजित गजमेरको 'म जुन बनिदिन्छु'मा इन्ज़मम र जानकीको रोमान्स, हेर्नुहोस् भिडियो

काठमाडौँ । गायिका प्रविशा अधिकारी र गायक सुरेश लामाको युगल गायनमा समावेश 'म जुन बनिदिन्छु' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस गीतमा वरिष्ठ संगीतकार रंजित गजमेरको संगीत र गोपाल लोहारको शब्द रहेको छ । रंजित गजमेरले नै गीतलाई संगीत संयोजन गरेका हुन। गोदावरीमा छायांकन भएको म्युजिक भिडियोमा इन्ज़मम अली खान र जानकी थापा फिचर्ड छन् ।

रोहिया महर्जनले कोरियोग्राफी गरेको यस भिडियोलाई दिर्घ गुरुङले छायांकन गरेका हुन्। विकाश दहालको भिडियोमा सम्पादन रहेको छ। भीमा लोहार उत्पादक रहेको यस भिडियोलाई श्याम लामा र काजी लिम्बुको निर्देशनमा तयार पारिएको हो। गीतको भिडियोलाई गोलो प्रोडक्शनको अफिसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

 

प्रतिक्रिया दिनुहोस्